सामग्रीमा जानुहोस्

नित्यराज पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

नित्यराज पाण्डे (वि.सं. १९८८ - ) मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्त्व हुन्।

जीवनी

पाण्डेको जन्म वि.सं. १९८८ साल पौष २० गतेका दिन बालमन्दिर क्षेत्र, भगवतीबहाल, नक्साल, काठमाडौंमा भएको हो। बाबुको नाम सिद्धिराज पाण्डे हो भने आमाको विद्याकुमारी हो। उनले नेपालीमा एम्.ए. र जनप्रशासनमा पोष्ट ग्य्राजुयट गरे। सरकारी सेवामा लामो समय बिताएका पाण्डेले नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड आदि देशको भ्रमण गरे।

कृतिहरू

उनको पहिलो रचना वि.सं. २०११मा गोरखापत्र प्रकाशित "लुम्बिनी बगैंचा" शिर्षकको लेख हो। जीवनी र समालोचनामा कलम चलाउने उनका मौलिक कृतिहरूः
१. बौद्ध दिग्दर्शन (लेख सङ्ग्रह)
२. महाकवि देवकोटा (समालोचना, वि.सं. २०१६)
३. काश्यपगोत्रीय पाण्डेको वंशावली
४. विद्याकुमारी पाण्डेले लेखेको कृष्णलीला पट
उनले मोती स्मृति ग्रन्थ, निजामति सेवा पत्रिका र राष्ट्रभाषा (वार्षिक पत्रिका)को सम्पादन पनि गरे। पाण्डेले नेपाली शिक्षा परिषद्को सदस्य र रुद्रराज साहित्य समितिको सचिव भएर पनि काम गरे।

पुरस्कार

उनले महाकवि देवकोटा शीर्षकको समालोचनासम्बन्धी ग्रन्थका लागि २०१६ सालमा गद्यतर्फको मदन पुरस्कार प्राप्त गरेका हुन्।

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू