सामग्रीमा जानुहोस्

भुँडीफोर गरुड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

भुँडीफोर गरुड
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
L. javanicus
वैज्ञानिक नाम
Leptoptilos javanicus
Horsfield, 1821

भुँडीफोर गरुड (Leptoptilos javanicus) गरुड परिवार अन्तर्गतको प्रजाति चरा हो। यो अग्लो खुट्टा, घाँटी र लामो चुच्चो भएको चरा हो। यसले सर्प, माछा र पानीकीरालाई आहारा बनाउँछ । सिमसारको घट्दो संख्या र जलवायु परिवर्तनको कारण यो विस्तारै संकटमा परेको प्रजाति हो।

यो पनि हेर्नुहोस्

भूडीफोर गरुड राज गरुड जस्तै देखिने भए पनि यी दुई फरक प्रजातिहरू हुन्। यसले पनि राज गरुडले उस्तै घाँटी खुम्च्याएर उड्दछ। राज गरुडभन्दा अलि सानो साथै पातलो ठओँड जसमा सिधा ठोँडधुरी भएको हुन्छ। वयस्क भूडीफोर गरुडको टाउकोमा फिक्का पाता जस्तो चाक्लो भाग, घना प्वाँखहरूले ढाकिएको टाउको र घाटीको पछिल्लो भाग जस्तो सानो कल्की जस्तो आकार भएको हुन्छ। वयस्क भूडीफोर गरुडको टल्कने कालो पिठ्यु र पखेटाको तल्लो भाग प्राय: कालो, सेतो तल्लो पुच्छर ढकनी र घाँटीका प्वाँखका झुप्पा प्राय: काला हुन्छन्। बच्चा कोरल्ने समय भूडीफोर गरुडको प्वाँखावस्थामा काँधका प्वाँखहरू र भित्रि मुख्य ढकनीमा साघुँरो सेतो पङ्खछेउ साथे मध्य पङ्खढकनीमा तामा रङ्का मसिना थोप्लाहरू भएको हुन्छ। बच्चा भूडीफोर गरुड वयस्क जस्तै तर माथिल्लो भाग धमिलो कालो तथा टाउको र घाँटीमा घना प्वाँखहरूले ढाकिएको हुन्छ। यो चरा ८७ देखि ९३ सेन्टिमिटर (३४ देखि ३७ इन्च) लम्बाई, तौल ४ देखि ५.७१ किलोग्राम (८.८ देखि १२.६ पाउण्ड) तथा उभिँदा ११० देखि १२० सेन्टिमिटर (४३ देखि ४७ इन्च) अग्लो हुन्छ।

वितरण तथा वासस्थान

भूडीफोर गरुड नेपाल लगायत भारत,श्रीलङ्का,बङ्गलादेश म्यानमार, थाइल्याण्ड, भियतनाम, मलेसिया, लाओस, सिङ्गापुर, इन्डोनेसिया तथा कम्बोडियामा पाइने गर्छ। यो प्रजाति २५० मिटर भन्दा तलको भूभागमा पाइने गर्छ। यसले सिमल र करमका अग्लो रुखमा गुँड लगाउँछ। यो प्रजाति वर्षैभरि चिस्यान रहने सिमसार खुल्ला क्षेत्र तथा वन क्षेत्रहरू आसपास पाइन्छ।

चित्र दिर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू