सामग्रीमा जानुहोस्

सन्धिखर्क नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन्धिखर्क नगरपालिका
सन्धिखर्क नगरपालिका is located in लुम्बिनी प्रदेश
सन्धिखर्क नगरपालिका
गण्डकी प्रदेशको नक्सामा सन्धिखर्क नगरपालिकाको अवस्थिति
सन्धिखर्क नगरपालिका is located in नेपाल
सन्धिखर्क नगरपालिका
सन्धिखर्क नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५८′N ८३°०४′E / २७.९७°N ८३.०६°E / 27.97; 83.06निर्देशाङ्कहरू: २७°५८′N ८३°०४′E / २७.९७°N ८३.०६°E / 27.97; 83.06
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाअर्घाखाँची
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखकृष्‍णप्रसाद श्रेष्‍ठ (नेकपा (एमाले))
 • उपप्रमुखमिश्रा आचार्य (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१२९.४२ किमी (४९.९७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४२,४९२
 • घनत्व३३०/किमी (८५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको सन्धिखर्क गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाका ३ वटा नगरपालिकाहरू मध्ये एक हो।[] यो जिल्लाको सदरमुकाम समेत हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका सन्धिखर्क, नरपानी, खाँचिकोट, किमडाँडा, अर्घा, डिभर्नावाङ्ला गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा पाली-९ गाविस यसमा गाभिएको थियो।

वि.सं. २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिएको हो। अर्घा र खान्चीका चौबिसे राज्यभुरे राजाले यसै स्थानमा सन्धि गरेको कारण यस नाम सन्धिखर्क रहन गएको भनाइ प्रचलित छ।

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

चारैतर्फ पहाडी तथा बिचबट लमतन्न परेर बहेकि बागि खोला एबम् खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाटहरूले यस सौन्दर्य निकै बढाएको छ। पाणीनि बहुमुखी क्याम्पस, जनज्योति मा.बि., भगवती मा.वि., युवावर्ष जनता रवीचित्र मा.वि., एबम् केही निजी विद्यालयह्‍रु यहा सञ्चालित छन्। यसलाई पक्की सडकले जोडिएको पनि थुप्रै वर्ष भैसकेको छ। यस क्षेत्रको यो एउटा मुख्य ब्यापारिक क्षेत्र मानिन्छ। शिक्षा तथा स्वास्थ्यको राम्रो विकास भएको छ। यसको पुर्बमा वान्ला, पश्चिममा कुर गउ, उत्तरमा ब्यारे बजार, दक्षिणमा गच्छे बजार रहेको छ। यहा अत्यन्तै उर्बर् भूमिसमेत छ। नयाँ एफ.एम. ८७ दशमलव ६ मेगाहर्ज सहित यहाँ धेरै सञ्चारमाध्यमहरु रहेका छन्।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सन्धिखर्क नगरपालिकाको कुल जनसङ्ख्या ४२,४९२ रहेको छ भने यहाँ १२,०७० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]